काठमाडौं– मलेसियाका लागि नेपाली राजदूत राजदूत चुडामणि खरेलविरुद्ध उजुरी परेको छ ।
संसदीय सुनुवाइ प्रक्रियामा सहभागी हुन लागेका प्रस्तावित राजदूत चुडामणि खरेलविरुद्ध संसदीय सुनुवाइ समिति, सिंहदरबारमा उजुरी परेको हो ।
स्वतन्त्र नेपाली अभियानका तर्फबाट एक स्वतन्त्र नेपाली नागरिकले पेश गरेको उजुरीमा निजविरुद्ध अनियमितता, स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन लगायतका गम्भीर आरोप लागेका छन् ।
उजुरीमा निजको नियुक्ति सिफारिस तत्काल रोकी छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ ।
उजुरीमा प्रस्तावित राजदूत खरेलविरुद्धका आरोप :
१. मेनपावर व्यवसायी विजय मिश्रको एडभान्जर ओभरसिजबाट राजदूत भएर काम गर्छु भनी करिब २ करोड रुपैयाँ लिएको ।
२. विजय मिश्रले उपलब्ध गराएको बा २० च ५३९ नम्बरको कालो रङ्गको टोयोटा गाडी चढ्ने गरेको ।
३. मलेसियामा एनआरएन पूर्व अध्यक्ष दयाराम कुमालको कम्पनीको नेपाल प्रमुख एजेन्ट भई कार्य गरेको, साथै सो कम्पनीसँग मलेसियामा कामदार लैजाने बारे सम्झौता समेत गरेको ।
४. योग महासंघ नेपालको महासचिव भई कार्य गरेको संस्थाको लाखौं रुपैयाँ बेरुजु एवं घोटाला गरेको ।
५. पोखरामा सार्वजनिक बनको जग्गा मिलाइ दिन्छु भनी करोडौं रुपैयाँ ठगी गरेको ।
६. तराई जनकपुर एरियामा जग्गा घोटाला काण्डमा मुछिएको ।
उजुरी :
श्रीमान् सभापति ज्यू संसदीय सुनुवाइ समिति
सिंहदरबार ,काठमाडौं ।
विषय :- मलेसियाको लागि राजदुत सिफारिस चुडामणि खरेलको नियुक्ति रोकी आवश्यक कारबाही गरि पाउ।
महोदय ,
उपरोक्त सम्बन्धमा यो जानकारी गराउन चाहन्छु कि – हालै मात्र मलेसिया स्थित नेपाली दूतावासको राजदुतमा सिफारिस भै सुनुवाइमा सहभागी हुन लागेका प्रस्तावित राजदुतको उम्मेदवार चुडामणि खरेल विरुद्ध विभिन्न विषय उजुरी ,अनियमितता ,स्वार्थको द्वन्द्व ,आर्थिक लेनदेन लगायतको विषय जाेडिएको हुँदा निज व्यक्तिको नियुक्ति सिफारिस रोकी निज उपर छानबिन गरि आवश्यक कारबाही गर्न माग गरि प्रस्तुत बुँदामा निम्न लिखित उजुरी पेश गरेका छौं-
१. मेन पावर व्यवसायी विजय मिश्रको एडभान्जर ओभरसिजबाट राजदुत भएर काम गर्छु भनेर करिब २ करोड लिएको ।
२. विजय मिश्रले उपलब्ध गराएको बा २० च ५३९ नम्बरको कालो रङ्गको टाेएटा rav 4 गाडी चढ्ने गरेको ।
३. मलेसियामा एनआरएन पुर्व अध्यक्ष दयाराम कुमालको कम्पनीको नेपाल प्रमुख एजेण्ट भै कार्य गरेको,साथै सो कम्पनीसङ्ग मलेसियामा कामदार लैजाने बारे सम्झौता समेत गरेको ।
४. योगा महासंघ नेपालको महासचिव भइ कार्य गरेको संस्थाको लाखौं रुपैयाँ बेरुजु एवं घोटाला गरेको ।
५. पोखरामा सार्वजनिक बनको जग्गा मिलाइ दिन्छु भनी करोडौं रुपैयाँ ठगी गरेको ।
६. तराई जनकपुर एरियामा जग्गा घोटाला काण्डमा मुछिएको ।
अत निजका विरुद्ध उल्लेखित उजुरी एवं गुनासो परेको हुँदा तत्काल निजको मोबाइल नियन्त्रणमा लिइ बिगत ३ महिना देखि निजले गरेका फोन कल ,फोन म्यासेज समेत अनुसन्धान गरि सत्यतथ्य विवरण सार्वजनिक गरि कारबाही गर्नु हुन अनुरोध छ ।
उजुरी कर्ता
स्वतन्त्र नेपाली नागरिक
स्वतन्त्र नेपाली अभियान























