धनगढी– पूर्वमन्त्रीसमेत रहेका एमालेका सुदूरपश्चिम प्रदेश सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । प्रदेश सांसद थापाले सभामुखसमक्ष राजीनामा बुझाएका हुन् ।
बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले राजीनामा दिएको स्रोतले जनाएको छ । उनको राजीनामा स्वीकृत नगर्न केन्द्रका नेताहरूले दबाब दिइरहेको बताइएको छ ।
मंगलबार प्रदेशसभाबाट बजेट पारित हुनुअघि भएको छलफलमा थापाले बोल्न चाहेका थिए । त्यसका लागि उनले एमाले संसदीय दलका नेता राजेन्द्र रावलसँग समय मागेका थिए । तर रावलले उनलाई बोल्न समय उपलब्ध गराउन तयार नभएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशसभाबाट मंगलबार चालू आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसकेको छ । सत्ता गठबन्धनमा आगामी कात्तिक १५ गते पूरक बजेट ल्याउने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्






















