images
images
  • पूर्वप्रधानन्यायाधीश जबरा र बिचौलिया दीपक भट्टका विश्वासपात्र ईनमसँग भेटियो मोटो रकम

    काठमाडौं– पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका ‘बिचौलिया’ ईनम सापकोटालाई प्रहरीले १४ सय अमेरिकी डलरसहित पक्राउ गरेको छ ।

    असोज १४ मा नयाँ दिल्ली जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

    उनीविरुद्ध राष्ट्र बैंक ऐन र सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत अनुसन्धान भइरहेको छ ।

    प्रहरीले उनको पानीपोखरीस्थित अपार्टमेन्टमा छापा मारी कागजात र डिजिटल सामग्री नियन्त्रणमा लिएको छ ।

    चोलेन्द्रले ईनमलाई परिचालन गरी व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको मुद्दामा चलखेल गरेको आशङ्का छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images