images
images
  • चितवनमा १३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

    काठमाडौं – चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडीबाट प्रहरीले १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

    काठमाडौंबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ८६७६ नम्बरको ट्रकमा गाँजा रहेको गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले ट्रक रोकेर जाँच गरेको थियो ।

    जाँचका क्रममा ट्रकको पछाडिको ढालामा त्रिपालले छोपेर राखिएका १० वटा पोकामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

    प्रहरीले गाँजासहित ट्रक र मकवानपुरको भीमफेदी गाउँपालिका–४, पान्द्राङ निवासी २७ वर्षीय चालक रञ्जित सुनारलाई नियन्त्रणमा लिएको छ ।

    .

    प्रतिक्रिया दिनुहोस्
    images
    images