काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
सुन तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ ।
योसहित विगत तीन दिनमा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ८९ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । त्यस्तै आइतबार सुनको मूल्य तोलामा २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको भाउ आज तोलामा १ सय रुपैयाँ घटेको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलामा ४ हजार २५५ रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ४ हजार ३५५ रुपैयाँ थियो ।
आइतबार चाँदीको भाउ ४ हजार ४४० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्






















