images
images
  • अमेरिकी डलरको भाउ निरन्तर घट्दै, हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर (सूची)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । यो दर अघिल्लो दिनको तुलनामा घटेको हो ।

    अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा थियो । त्यसअघि सोमबार पनि अमेरिकी डलरको मूल्य घटेको थियो ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार युरोपेली युरो एकको खरिददर १७० रुपैयाँ १३ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०२ रुपैयाँ २५ पैसा तोकिएको छ ।

    त्यस्तै, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८३ रुपैयाँ ४५ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५२ पैसा छ । क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।

    तालिकामा हेर्नुहोस् अन्य देशको विनिमयदर विवरण–

    Currency ISO Currency Name Unit Buy Sell
    INR Indian Rupee 100 160.00 160.15
    USD U.S. Dollar 1 152.16 152.76
    EUR European Euro 1 170.13 170.80
    GBP UK Pound Sterling 1 201.45 202.25
    CHF Swiss Franc 1 182.73 183.45
    AUD Australian Dollar 1 106.10 106.52
    CAD Canadian Dollar 1 106.72 107.14
    SGD Singapore Dollar 1 118.88 119.34
    JPY Japanese Yen 10 9.63 9.66
    CNY Chinese Yuan 1 22.73 22.82
    SAR Saudi Arabian Riyal 1 40.51 40.67
    QAR Qatari Riyal 1 41.74 41.91
    THB Thai Baht 1 4.53 4.55
    AED UAE Dirham 1 41.43 41.59
    MYR Malaysian Ringgit 1 37.24 37.39
    KRW South Korean Won 100 11.36 11.41
    SEK Swedish Kroner 1 15.22 15.28
    DKK Danish Kroner 1 22.76 22.85
    HKD Hong Kong Dollar 1 19.39 19.46
    KWD Kuwaity Dinar 1 493.55 495.49
    BHD Bahrain Dinar 1 402.81 404.39
    OMR Omani Rial 1 395.22 396.77

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images