काठमाडौं– नेकपा एमालेले नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण गरिरहेको अस्थायी आवासको पहिलो चरणको काम सम्पन्न गरेको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार जिफन्टको नेतृत्वमा निर्माण गरिएको अस्थायी आवास आज दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले बाढीपीडितलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
बाढीपीडितलाई अस्थायी आवासको व्यवस्था गर्ने उद्देश्यले सञ्चालन गरिएको निर्माण अभियानमा विभिन्न स्वयंसेवकहरू सहभागी भएका थिए ।
आवास निर्माण अभियानको पहिलो चरण सम्पन्न भएसँगै बाढीबाट प्रभावित परिवारलाई अस्थायी बसोबासको व्यवस्था हस्तान्तरण गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्






















