images
images
  • गुराँस लघुवित्तको शेयरमूल्य समायोजन, अब प्रतिकित्ता १,४९७.७२ रुपैयाँ

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड को शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ९.५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएपछि नेप्सेले शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १ हजार ४९७ रुपैयाँ ७२ पैसा कायम गरेको हो ।

    मङ्गलबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता १ हजार ६४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोही मूल्यका आधारमा बोनस शेयर समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजित मूल्यका आधारमा आजदेखि कम्पनीको शेयर कारोबार खुल्नेछ ।

    लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै शेयरमूल्य समायोजन गरिएको हो ।

    कम्पनीले आगामी कात्तिक १० गते मङ्गलबार धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा ११औँ वार्षिक साधारण सभा बोलाएको छ । बिहान ९ बजे सुरु हुने सभामा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ ।

    सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावमाथि पनि छलफल गरी निर्णय गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images