काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फको सहमहामन्त्री पदमा बहादुरसिंह लामा तामाङले अग्रता कायम गरेका छन् ।
हालसम्म ६ हजार ९९५ मत गणना हुँदा लामाले ३ हजार २४५ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाएका छन् ।
त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रीनले ६२२ र प्रशान्तमान सिंह मास्केले २४६ मत प्राप्त गरेका छन् ।
प्राप्त मतपरिणामअनुसार लामा आफ्ना निकटतम प्रतिस्पर्धी घर्ती मगरभन्दा १ हजार ७९९ मतले अगाडि छन् ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्























