काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी रहेको छ ।
जारी मतगणना अनुसार खस आर्यतर्फ मनोजमणि आचार्य र आदिवासी जनजातितर्फ बहादुरसिंह लामा अग्रता लिएका छन् ।
खस–आर्यतर्फ १ हजार ५०७ मत गणना हुँदा आचार्यले ५५२ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले ४७६ मत पाएका छन् ।
त्यस्तै, दिनेश कोइरालाले २९५ र शुभराम बस्नेतले ९७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी आदिवासी जनजातितर्फ ६ हजार ९९५ मत गणना हुँदा बहादुरसिंह लामा ३ हजार २४५ मतसहित पहिलो स्थानमा छन् ।
ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्तमान सिंह मास्केले २४६ मत प्राप्त गरेका छन् ।
मतगणनाको पछिल्लो विवरणअनुसार आदिवासी जनजातितर्फ लामा आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा १ हजार ७९९ मतले अगाडि छन् ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।






















