images
images
  • बेलकामा ‘सानो दारे’ नामको जङ्गली हात्ती मृत फेला

    काठमाडौं – उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने वयस्क जङ्गली भाले हात्ती मृत फेला परेको छ ।

    करिब २० देखि २५ वर्ष उमेरको हात्ती मङ्गलबार धानखेतमा मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए ।

    उहाँका अनुसार मृत हात्ती कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा फेला परेको हो। उक्त हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो ।

    हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो। यद्यपि, मृत्युको वास्तविक कारण भने परीक्षणपछि मात्रै खुल्नेछ ।

    कोशीटप्पु वन्यजन्तु आरक्षको सीमा क्षेत्रमा हात्ती मृत भेटिएकाले आरक्षले पोस्टमार्टम गर्ने तयारी गरेको उहाँले जानकारी दिए । पोस्टमार्टमको नतिजापछि हात्तीको मृत्युको कारण स्पष्ट हुने अपेक्षा गरिएको ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images