images
images
  • दसैंअघि मतपरिणाम सार्वजनिक गर्न कांग्रेसको मतगणना तीव्र

    काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनालाई तीव्रता दिइएको छ ।

    दसैंलाई ध्यानमा राखेर एकैपटक २५ समूह बनाएर मतगणना अघि बढाइएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    समितिका सदस्यसचिव राजु कटुवालका अनुसार दुई क्लस्टरको मतगणना सकिएको छ भने चार क्लस्टरको गणना जारी छ ।

    अन्य क्लस्टरको गणना सुरु गर्ने तयारी भइरहेको छ ।

    जनसम्पर्कतर्फका सात केन्द्रीय सदस्य र पिछडिएको क्षेत्रतर्फका सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदको मतगणना सम्पन्न भएको छ ।

    अहिले खुला तथा महिला सहमहामन्त्री, महिला केन्द्रीय सदस्यलगायत विभिन्न क्लस्टरका पदको मतगणना भइरहेको छ ।

    समितिले धेरैको चासो रहेको खुलातर्फका ४५ केन्द्रीय सदस्यसहित बाँकी पदको मतगणना पनि अघि बढाउने तयारी गरेको छ ।

    बुधबारसम्म सबै पदको मतपरिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको निर्वाचन समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images