images
images
  • माउन्टेन इनर्जीले २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश दिने

    काठमाडौं – माउन्टेन इनर्जी नेपाल लिमिटेड ले शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश कम्पनीको हाल कायम चुक्ता पूँजीका आधारमा वितरण गरिनेछ ।

    लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २० गते १३औँ वार्षिक साधारण सभा बोलाएको छ । काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेट, केटरिङ एन्ड इभेन्ट्समा बिहान साढे १० बजे सभा सुरु हुनेछ ।

    साधारण सभाले बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावमाथि पनि निर्णय गर्नेछ ।

    त्यस्तै, सभाले पाँच जना सञ्चालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिन बुक क्लोज गर्ने भएको छ। यसअनुसार कात्तिक ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images