काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जीवनबहादुर शाही सहमहामन्त्री (पिछडिएको क्षेत्र)मा निर्वाचित भएका छन् ।
कर्णाली प्रदेश सभा संसदीय दलका नेतासमेत रहेका शाहीले जनकराज गिरी, नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्टलाई पछि पार्दै जित हासिल गरेका हुन् ।
शाही १४औं महाधिवेशनमा पनि यही पदका उम्मेदवार थिए ।
त्यतिबेला उनी बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्






















