images
images
  • निलम्बित एआईजी दाहालमाथिको छानबिन प्रतिवेदन गृहमा

    काठमाडौं– सशस्त्र प्रहरीका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथिको छानबिन प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको छ ।

    छानबिनको जिम्मेवारी पाएका एआईजी अन्जनीकुमार पोखरेलले तीन दिनभित्रै प्रतिवेदन बुझाएका हुन् ।

    सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ अनुसार आचरणविपरीत काम गरेको पुष्टि भए दाहाललाई सेवाबाट हटाउन वा बर्खास्त गर्न सकिने व्यवस्था छ ।

    यससम्बन्धी निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई छ ।

    दाहालमाथि गोप्य सूचना चुहाएको र बिचौलियासँग सम्बन्ध रहेको आरोप लागेको छ ।

    गृह मन्त्रालयले उनलाई असोज १९ गते निलम्बन गर्दै सोही दिन छानबिन समिति गठन गरेको थियो ।

    सशस्त्र प्रहरीको सीमा विभाग प्रमुख रहेका दाहाल २०७९ वैशाख २८ गते एआईजी बनेका थिए ।

    उनको चारवर्षे पदावधि थप गर्ने विषयमा मुख्यालयले मन्त्रालयमा सिफारिस गरेको थियो ।

    तर, निलम्बनपछि उनको सेवाबारे निर्णय प्रतिवेदनका आधारमा हुने देखिएको छ ।

    संवेदनशील सूचना चुहाएको आरोपमा निलम्बनमा परेका दाहालमाथि प्रतिवेदनका आधारमा बर्खास्तीसम्मको कारबाही हुन सक्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images