काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत अहिले मतदान जारी छ ।
महाधिवेशनस्थल खुल्लामञ्च र राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ ।
कांग्रेस महाधिवेशनका लागि खुलेको मिडिया सेन्टरका अनुसार शुक्रबार बिहान साढे १० बजेसम्म १२९३ मत खसेको छ ।
मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ ।
दुई घन्टामा मधेश प्रदेशबाहेक ६ प्रदेशमा खसेको मत हो ।
मधेश प्रदेशको भने विवरण आइसकेको छैन ।
मतदान प्रक्रिया निर्वाध रूपमा चलिरहेको छ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन् ।
कुन प्रदेशमा कति खस्यो ?
कोशी– २२२
सुदूरपश्चिम र कर्णाली– २५७
लुम्बिनी– २०२
गण्डकी– १८८
बागमती– २१७


विश्व खबर 




















