images
images
  • इजरायलसँगको विवादपछि बेलायती कूटनीतिज्ञ फिर्ता

    काठमाडौं– इजरायलसँगको कूटनीतिक विवादपछि बेलायतले पूर्वी जेरुसेलमस्थित आफ्नो महावाणिज्य दूतावासबाट २० जना कूटनीतिज्ञ फिर्ता बोलाएको छ ।

    महावाणिज्य दूतसहित उनीहरूले इजरायल छाड्ने र सातजनाले मात्र काम जारी राख्ने इजरायली विदेशमन्त्री गिडोन सारले बताए ।

    बेलायती विदेशमन्त्री एड मिलिब्यान्डका अनुसार कर्मचारी र परिवारको सुरक्षाका लागि अस्थायी रूपमा फिर्ता बोलाइएको हो ।

    भवन ‘यूके मिसन, जेरुसेलम’का रूपमा खुला रहने र प्यालेस्टिनीहरूसँगको काम जारी रहने उनले बताए ।

    कब्जा गरिएको वेस्ट बैंकका यहुदी बस्ती र प्यालेस्टिनीविरुद्धको हिंसासँग जोडिएकालाई बेलायतले प्रतिबन्ध लगाएपछि इजरायलले सेप्टेम्बर ८ मा महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो ।

    सन् १९६७ मा इजरायलले पूर्वी जेरुसेलम कब्जा गरी गाभेको थियो, जसलाई बेलायतसहित अधिकांश देशले मान्यता दिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images