images
images
  • कांग्रेस महाधिवेशन : हालसम्म कति मत खस्यो ? (मतपरिणामसहित)

    काठमाडौं– नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ ।

    पार्टीको मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीका अनुसार मतदान निर्वाध रूपमा अघि बढिरहेको छ ।

    भण्डारीका अनुसार हालसम्म कोशी प्रदेशबाट ४१०, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट ६०६, लुम्बिनीबाट ३८९, गण्डकीबाट ३३०, बागमतीबाट ४८७ र मधेश प्रदेशबाट ४२२ मत खसेको छ ।

    कांग्रेस महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको चयनका लागि मतदान गरिरहेका छन् ।

    पार्टीको नयाँ नेतृत्व चयनका लागि भइरहेको यो मतदानमा प्रतिनिधिहरूको सहभागिता उल्लेख्य रहेको मिडिया सेन्टरले जनाएको छ ।

    मतदान सकिएपछि मतगणना सुरु हुने र त्यसपछि नयाँ नेतृत्वको औपचारिक घोषणा गरिने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images