images
images
  • मुगुका २० विपन्न बालिकालाई दुई लाखको छात्रवृत्ति

    काठमाडौं – मानव अधिकार तथा शान्ति समाजले मुगुका विपन्न दलित समुदायका २० जना बालिकालाई रु दुई लाख छात्रवृत्ति प्रदान गरेको छ । समाजले जिल्लाका १० विद्यालयमा अध्ययनरत विपन्न दलित समुदायका बालिकालाई जनही रु. १० हजारका दरले छात्रवृत्ति वितरण गरेको हो ।

    गमगढीमा सम्पन्न मानव अधिकार तथा शान्ति समाज मुगु शाखाको जिल्ला साधारणसभाका अवसरमा वर्ष २०८३ को छात्रवृत्ति वितरण गरिएको समाजका उपनिर्देशक सरिता पौडेलले राससलाई जानकारी दिए ।

    मुगु शाखाका सभापति चित्रबहादुर मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका महासचिव प्रकाश शाही, सुर्खेत शाखाका सभापति एसआर पाण्डे, सचिव रेशमबहादुर भण्डारीलगायतले जलवायु न्याय र सद्भाव प्रवर्द्धन अभियानका विषयमा प्रकाश पार्नुभएको थियो ।

    समाजले यसअघि २०८० सालदेखि लगातार तीन वर्षसम्म ‘छोरी पढाऔँ स् गरिमा बढाऔँ’ भन्ने आह्वानसहित कर्णाली प्रदेशका बालिकालाई रु. २७ लाख ९६ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको थियो ।

    उक्त कार्यक्रमलाई निरन्तरता दिन समाजले २०८२ सालमा स्थापना गरेको अक्षयकोषबाट प्राप्त ब्याज रकममार्फत यस वर्ष दुर्गम कर्णालीका २० जना बालिकालाई छात्रवृत्ति उपलब्ध गराइएको हो ।

    समाजका अनुसार अक्षयकोषमा हालसम्म रु। १९ लाख जम्मा भइसकेको छ । कोषमा महासचिव प्रकाश शाहीले रु। चार लाख, पूर्ववरिष्ठ उपसभापति कृष्णबहादुर रावलले रु। तीन लाख, निवर्तमान सभापति रामकृष्ण बरालले रु। दुई लाख र पूर्वसभापति होमकान्त चौलागाईले रु। दुई लाख योगदान गर्नुभएको छ ।

    त्यसैगरी, शैशव खनालका अभिभावक र आर्या पाण्डेका अभिभावकबाट जनही रु। दुई लाख तथा सभापति रेनुका पौडेल, संस्थापक सदस्य कृष्ण कँडेल, सल्लाहकार रामप्रसाद जोशी र केन्द्रीय सदस्य मणिराम दाहालबाट जनही रु। एक लाख योगदान प्राप्त भएको समाजले जनाएको छ ।

    अक्षयकोषको ब्याजबाट छात्रवृत्ति वितरण गर्ने व्यवस्थाले आर्थिक रूपमा विपन्न तथा पछाडि पारिएका समुदायका बालिकाको शिक्षामा पहुँच बढाउन सहयोग पुग्ने समाजको अपेक्षा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images