images
images
  • नयाँ दिल्लीमा सीजेपीको आन्दोलन चर्किंदा बीजेपीको बढ्यो तनाव

    काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीमा कक्रोच जनता पार्टी (सीजेपी) ले फेरि आन्दोलन चर्काउने भएको छ ।

    मतदाता नामावली हेरफेर गरेर सत्तारुढ बिजेपीलाई चुनावमा जिताउने गरेको भन्दै सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आन्दोलन चर्काएको हो । सिजेपीले शनिबार दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

    सीजेपीको विरोध प्रदर्शन हुनुभन्दा अगाडि दिल्लीमा सुरक्षा कडा पारिएको छ । सीजेपीले देशभरि आफ्ना १० हजार सदस्यहरूलाई हिरासतमा राखिएको दाबी गरेको छ । सीजेपीका अध्यक्ष अभिजित दीपकेले शनिबार जन्तरमन्तरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेपछि दिल्लीमा २० हजारभन्दा बढी प्रहरी र अर्धसैनिक बल तैनाथ गरिएको छ।

    एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार विरोध प्रदर्शनका लागि अनुमति दिइएको छैन र निषेधात्मक आदेशहरू लागू भएका छन् । सीजेपी र धेरै विद्यार्थी संगठनहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका छन् ।

    मतदाता नामावलीको विशेष गहन संशोधनमा अनियमितताका कारण देशभरि लाखौं मतदाताहरू मेटिएको आरोप उनीहरूले लगाएका छन् । सीजेपीको आन्दोलन चर्केसँगै सत्तारुढ बीजेपी भने तनावमा परेको छ । कतै हिंसा भड्केमा नियन्त्रण लिन कठिनाइ हुने भन्दै सरकार दमन गर्न हच्केको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images