काठमाडौं – सशस्त्र प्रहरी बल पर्साले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका रु. १५ लाख २८ हजार ४२० बराबरका विभिन्न सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिरनजिकको सीमा क्षेत्रबाट रु. नौ लाख २२ हजार ५०० बराबरका औषधि नियन्त्रणमा लिएको हो । भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको अवस्थामा बरामद गरिएका औषधि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
त्यसैगरी, हेडक्वार्टर पर्साबाट खटिएको अर्को टोलीले वीरगञ्ज–१६ बाट रु. तीन लाख दुई हजार ९६० बराबरको मोटरसाइकलसहित तरकारी बरामद गरेको सशस्त्र प्रहरी बल नं. १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए । उक्त सामान पनि भन्सार कार्यालयमा बुझाइएको उहाँले बए ।
यसैगरी, गण मातहतको सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज–१६ स्थित इनर्वा सीमा क्षेत्रबाट रु। एक लाख ७७ हजार ८६० बराबरका कपडा तथा जुत्ता बरामद गरेको छ ।
त्यस्तै, पर्साको जगरनाथपुर गाउँपालिका–२ स्थित लक्ष्मीपुर चोकबाट सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीले रु। एक लाख २५ हजार १०० बराबरका सामानसहित मोटरसाइकल नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छली गरी ल्याइएका उक्त सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


विश्व खबर 




















