images
images
  • प्रि–ओपन सेसन अपडेटः साढे ७ अंकले घट्यो नेप्से

    काठमाडौं – साताको दोस्रो कारोबार दिन प्रि–ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंक घटेर बन्द भएको छ ।
    अघिल्लो कारोबार दिन अर्थात सोमबार २०.४८ अंक घटेर २५६६.७६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.५६ अंक घटेर २५५९.२० विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.६६ अंक घटेको छ ।

    मंगलबार प्रि–ओपन सेसनमा ६९ स्टकको १०० पटकको कारोबारमा २७ लाख १९ हजार ६६९ रुपैयाँबराबरको ६ हजार २९३ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने ४० स्टकको मूल्य घटेको छ । बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images