images
images
  • राष्ट्र बैंकलद्धारा ४० करोड थान एक रुपैयाँका सिक्का छाप्न बोलपत्र आह्वान

    काठमाडौं – नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीका लागि बोलपत्र माग गरेको हो ।

    राष्ट्र बैंकका अनुसार यसअघि योग्यताका लागि छनोट भएका अन्तर्राष्ट्रिय सुरक्षा मुद्रण तथा सिक्का छाप्ने कम्पनीले बोलपत्रमा सहभागी हुन सक्नेछन् । छनोट हुने कम्पनीले सिक्का छपाइदेखि आपूर्ति र ढुवानीसम्मको काम गर्नुपर्नेछ।

    यसअघि राष्ट्र बैंकले चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनीको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्यान्डको पोलिस सेक्युरिटिज प्रिन्टिङलाई योग्य कम्पनीका रूपमा छनोट गरेको थियो ।

    दुई चरणमा प्रस्ताव पेस गर्नुपर्ने

    अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत एक चरणमा प्राविधिक र मूल्यसम्बन्धी प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    बोलपत्रसम्बन्धी कागजात राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली तथा टक्सार महाशाखा, बबरमहलबाट प्राप्त गर्न सकिनेछ । कागजातका लागि २० हजार रुपैयाँ दस्तुर तोकिएको छ ।

    राष्ट्र बैंकले अक्टोबर १५ गते दिउँसो १२ बजे मुद्रा व्यवस्थापन विभागमा पूर्वबोलपत्र बैठक आयोजना गर्ने जनाएको छ ।

    इच्छुक कम्पनीले नोभेम्बर ३ गते दिउँसो १२ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ । सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ ।

    १ लाख ४८ हजार अमेरिकी डलर धरौटी

    बोलपत्र पेस गर्ने कम्पनीले न्यूनतम १ लाख ४८ हजार अमेरिकी डलर बराबरको धरौटी राख्नुपर्नेछ। बोलपत्रको मान्य अवधि १२० दिन र धरौटीको मान्य अवधि बोलपत्रको मान्य अवधिपछि थप ३० दिन रहनेछ ।

    राष्ट्र बैंकले प्राप्त बोलपत्रमध्ये कुनै पनि वा सबै बोलपत्र पूर्ण वा आंशिक रूपमा स्वीकार वा अस्वीकार गर्न सक्ने जनाएको छ ।

     828492549 1092844993731957 8812650461951047921 n 1791082448

    प्रतिक्रिया दिनुहोस्
    images
    images