images
images
  • महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी महा सोमबार’ योजना

    काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालनमा ल्याएको छ । योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले प्रत्येक सोमबार मार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकका अनुसार डेबिट कार्ड प्रयोगकर्ताले न्यूनतम रु. १,९९९ बराबरको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम रु. ७५० सम्म छुट पाउनेछन् । त्यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताले सोही न्यूनतम खरिद रकममा १५ प्रतिशत वा अधिकतम रु. १,००० सम्म छुट प्राप्त गर्नेछन् ।

    यो योजना प्रत्येक सोमबार मात्र लागू हुने र छुट सीमित संख्यामा उपलब्ध हुने बैंकले जनाएको छ । पहिले आउने ग्राहकलाई प्राथमिकताका आधारमा छुट प्रदान गरिने भएकाले ग्राहकलाई समयमै योजनाको लाभ लिन बैंकले आग्रह गरेको छ ।

    महालक्ष्मी विकास बैंकले डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारलाई थप प्रोत्साहन गर्दै ग्राहकलाई दैनिक कारोबारमा सुविधा र मूल्य अभिवृद्धि प्रदान गर्ने उद्देश्यले योजना ल्याएको जनाएको छ ।

    यसैक्रममा बैंकले काठमाडौंको ज्ञानेश्वरमा क्याफे लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले आधुनिक तथा डिजिटल बैंकिङ सेवाको प्रयोग विस्तार गर्दै ग्राहकको अनुभवलाई थप सहज बनाउने उद्देश्यले विभिन्न सेवा तथा सुविधा विस्तार गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images