images
images
  • प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी हुन नपाउने कांग्रेसको प्रस्ताव

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको कार्यकाल दुई पटकमा सीमित गर्ने संवैधानिक व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

    कांग्रेसको १५औँ महाधिवेशनमा पेस गर्न तयार पारिएको राजनीतिक प्रतिवेदनमा थापाले एउटै व्यक्ति लामो समयसम्म कार्यकारी नेतृत्वमा रहने अवस्था अन्त्य गर्न प्रधानमन्त्रीको कार्यकालमा सीमा तोक्नुपर्ने प्रस्ताव गरेका हुन् ।

    प्रतिवेदनमा निर्वाचनमा ‘नन अफ द अबभ’ (राइट टु रिजेक्ट)को व्यवस्था तथा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने प्रस्तावसमेत समेटिएको छ ।

    त्यस्तै, निर्वाचन प्रणालीलाई थप समावेशी, सहभागीमूलक र पारदर्शी बनाउने तथा पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक संरचनामा सुधार गर्ने विषय पनि प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images