images
images
  • ड्रोन भ्यूमा हेर्नुहोस् कांग्रेस महाधिवेशनस्थलमा उपस्थित नेता–कार्यकर्ताको उपस्थिति

    काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ ।

    ‘परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित केहीबेर अगाडि सुरु भएको महाधिवेशनमा मुलुकका विभिन्न दलका शीर्ष नेताको सहभागिता रहेको छ ।

    GD KTM RSS 18 DJI 0778 scaled

    पार्टीका सभापति गगनकुमार थापाले महाधिवेशनको उद्घाटन गमलाको बिरुवामा जल सिञ्चन गरी गरे ।

    उद्घाटन सत्रमा सभापति थापासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता सहभागी छन् ।

     

    GD KTM RSS 18 DJI 0765 scaled

    उद्घाटन सत्रमा वक्ताहरूले बोल्नेक्रम जारी छ ।

    महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रम भने सोमबार र मंगलबार हुनेछ ।

    निर्वाचन कार्यक्रमका लागि असोज २१ र असोज २२ गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    GD KTM DJI 0726 scaled

    प्रतिक्रिया दिनुहोस्
    images
    images