images
images
  • वैदेशिक रोजगारीको प्रलोभनमा ११ लाख भन्दा बढी ठगी गरेको आरोपमा दुई पक्राउ

    काठमाडौं – आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–८ बस्ने सोही महानगरपालिका–२१ का ४५ वर्षीय गिरिस विलास जोशी र काठमाडौँ महानगरपालिका–१३ बस्ने धादिङको गल्छी गाउँपालिका–३ का ४७ वर्षीय निलकण्ठ खनाल रहेका छन् ।

    प्रहरीका अनुसार जोशीले ग्रिस पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख रुपैयाँ लिएका थिए । खनालले क्रोएसिया पठाइदिने भन्दै तीन जना पीडितबाट नौ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो ।

    पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जोशीलाई काठमाडौँ महानगरपालिका–२९ र खनाललाई महानगरपालिका–१३ बाट पक्राउ गरेको हो ।

    पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images