images
images
  • कांग्रेसको ऐतिहासिक क्षण : ७५ वर्षअघि मातृकाले बनाएका थिए सदस्य

    काठमाडौं–नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५ वर्ष पुरानो ऐतिहासिक दस्तावेज सार्वजनिक हुँदा प्रतिनिधि तथा कार्यकर्ता भावुक बने। वि.सं. २००८ साल मङ्सिर २६ गते जारी गरिएको कांग्रेसको प्रारम्भिक सदस्यता प्रमाणपत्रसहित उपस्थित पुराना नेता मथुराप्रसाद श्रेष्ठलाई महाधिवेशनका क्रममा सभापति गगनकुमार थापाले विशेष सम्मान गरेका छन्।

    गुल्मीको तम्घास साहु टोल स्थायी ठेगाना भएका तत्कालीन १८ वर्षीय मथुराप्रसाद (पिता: इन्द्रलाल)ले वार्षिक १ रुपियाँ वा १ रुपियाँ २५ पैसा चन्दा बुझाएर कांग्रेसको प्रारम्भिक सदस्यता लिएका थिए। प्रमाणपत्र संख्या २८३१७ रहेको उक्त ऐतिहासिक दस्तावेजमा गुल्मीको तम्घासका ९४ वर्षीय श्रेष्ठले २००७ चैत २६ गते १८ वर्षको उमेरमा तत्कालीन पार्टी सभापति मातृकाप्रसाद कोइरालाको हातबाट सदस्यता लिएका थिए ।

    उक्त सदस्यतामा कोइरालाको सभापतिका रूपमा र नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक महामन्त्री महेन्द्रविक्रम शाहको हस्ताक्षर रहेको छ। त्यो समयमा महामन्त्रीलाई प्रधानमन्त्री भन्ने गरेको कुरा प्रारम्भिक सदस्यतामा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images