काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको नयाँ नेतृत्वलाई पूर्वसभापति शेरबहादुर देउवाको प्रभावबाट मुक्त हुँदै अघि बढ्न सुझाव दिएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले पार्टी रूपान्तरणका लागि नयाँ नेतृत्वले स्पष्ट अडान लिनुपर्ने बताएका हुन्।
उनले कांग्रेसका नेताहरूलाई देउवालाई मनाउनुभन्दा नयाँ राजनीतिक यात्रामा अघि बढ्न सुझाव दिए। ‘शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिँदा नै राम्रो हुन्छ, म कांग्रेसका साथीहरूलाई यो सुझाव दिन चाहन्छु’, लामिछानेले भने।
लामिछानेले कांग्रेसको लामो राजनीतिक इतिहास र योगदानको सम्मान गर्दै बदलिएको राजनीतिक परिस्थितिअनुसार पार्टीले नयाँ पुस्तालाई अघि बढाउनुपर्ने धारणा राखे।
कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक सामर्थ्य भएकाले त्यसैको जगमा टेकेर नयाँ यात्रा तय गर्नुपर्ने उनको भनाइ थियो।


विश्व खबर 



















