काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनसत्रमा विभिन्न दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।
काठमाडौंको खुलामञ्चमा जारी उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एमाले महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रेशम चौधरी र जसपा नेपालका सहअध्यक्ष शरतसिंह भण्डारी पुगेका छन् ।
श्रम संस्कृति पार्टीका महासचिव आरेन राई पनि कार्यक्रममा सहभागी छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उपस्थित भएनन् ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प ः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित कांग्रेसको महाधिवेशन सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















