images
images
  • इरानले अमेरिकी आर्थिक नाकाबन्दीको सामना गर्न बनायो नयाँ रणनीति

    काठमाडौं– अमेरिकी प्रतिबन्धका कारण आर्थिक दबाब बढिरहेका बेला इरानले त्यसको सामना गर्न नयाँ व्यवस्था अपनाएको राष्ट्रपति मसुद पेजेस्कियानले बताएका छन् ।

    राष्ट्रपति पेजेस्कियानले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र उसका सहयोगीले इरानको अर्थतन्त्रका अत्यावश्यक शृंखला कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाउँदै सरकारका कदम र जनताको समर्थनका कारण ती प्रयास सफल हुन नसकेको दाबी गरेका छन् ।

    यद्यपि, उनले इरानले अपनाएको नयाँ व्यवस्थाबारे विस्तृत जानकारी दिएका छैनन् ।

    उनको भनाइ इरानी सरकार र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)सँग सम्बन्धित वित्तीय तथा व्यापारिक सञ्जालमाथि अमेरिकाले प्रतिबन्ध थप कडा बनाइरहेका बेला आएको हो ।

    अमेरिकी अर्थ मन्त्रालयले गत अगस्टमा अपरेसन इकोनोमिक आउटकास्ट सुरु गर्दै इरानको तेल तस्करी, प्रतिबन्ध छल्ने गतिविधि तथा आतंकवादी समूहलाई हुने आर्थिक सहयोग रोक्ने अभियान अघि बढाएको जनाएको थियो ।

    अमेरिकाले इरानी उड्डयन क्षेत्रलाई सहयोग गर्ने विदेशी कम्पनी तथा सेवाप्रदायकमाथि समेत प्रतिबन्ध लगाउन सकिने चेतावनी दिँदै पछिल्लो महिना केही इरानी तथा विदेशी कम्पनीमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images