तेहरानइ– रानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आईआरजीसी)को नौसेनाले पछिल्ला पाँच दिनमा होर्मुज जलडमरूमध्यमा कम्तीमा सात तेल ट्यांकरलाई निशाना बनाएको इरानको अर्धसरकारी फर्स समाचार एजेन्सीले जनाएको छ ।
फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ ।
यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खुला रहेको र अमेरिकाको नियन्त्रणमा रहेको बताउँदै आएका बेला इरानले तेल ट्यांकरमा मिसाइल आक्रमण गरेको हो ।
फर्सले स्वतन्त्र सैन्य पर्यवेक्षक मेन्चओसिन्टलाई उद्धृत गर्दै शुक्रबार जलडमरूमध्यमा दुई तेल ट्यांकरमा विस्फोट भएको जनाएको छ ।
तीमध्ये एउटा जलमार्गको प्रवेश क्षेत्रमा र अर्को बाहिरिने क्रममा रहेको बताइएको छ ।
मेन्चओसिन्टका अनुसार पछिल्ला चार दिनमा कुवेतका अल फुन्टास र काजिमाह–३ तथा संयुक्त अरब इमिरेट्सका सिनबाड, मेर्सिन प्रोस्पेरिटी र अल रुवाइस नामका जहाजहरू पनि प्रभावित भएका छन् ।
सिन्ह्वाका अनुसार इरानले फेब्रुअरी २८ देखि होर्मुज जलडमरूमध्यमा आफ्नो निगरानी र नियन्त्रण कडा बनाएको छ ।
इजरायल र अमेरिकासँग सम्बन्धित ती देशसँग जोडिएका जहाजलाई सुरक्षित मार्ग दिन रोक लगाइएको इरानको भनाइ छ ।
यो कदम इरानी भू–भागमा भएको संयुक्त हमलापछि चालिएको बताइएको छ । –सिन्ह्वा


विश्व खबर 



















