काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज काठमाडौंको खुलामञ्चमा हुँदैछ ।
समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निम्तो दिइए पनि सबै सहभागी नहुने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी हुने तयारी छ ।
नेकपा (एमाले)बाट अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।
बुवाको निधनपछि शोकमा रहेका ओलीको सट्टा महासचिव शंकर पोखरेल सहभागी हुनेछन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने उद्घाटन समारोहमा सहभागी हुने र सम्बोधन गर्ने तयारीमा छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुनेछन् ।
झापामा रहेका लिङ्देन आजै काठमाडौं आउने र समारोहमा सहभागी हुने राप्रपाले जनाएको छ ।
यसैगरी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी नहुने भएका छन् ।
उनको सट्टा सहअध्यक्ष शरतसिंह भण्डारी समारोहमा सहभागी हुनेछन् ।


विश्व खबर 



















