images
images
  • चिनियाँ राजदूत चाङ पुगे लोमान्थाङ

    मुस्ताङ नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका छन् । उनी शनिबार सात सदस्यीय टोलीसहित लोमान्थाङ पुगेका हुन् ।

    मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार राजदूत चाङ कोरला नाका हुँदै चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

    भोटेकोशी बाढीले केरुङ नाका ठप्प भएपछि चीनले कोरला नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा सञ्चालनमा ल्याउन प्रस्ताव गरेको छ । सोही प्रस्तावअनुसार नाकाको वस्तुस्थिति बुझ्न राजदूत चाङ कोरला पुगेको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।

    रसुवा र तातोपानी नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयबाट नेपाल–चीन व्यापार हुँदै आएको छ । भन्सार कार्यालयमा अनुसार अहिले दैनिक ३० करोड रुपैयाँ हाराहारीको राजस्व सङ्कलन हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images