images
images
  • हिरोबाट जिरोतर्फ देउवा, अबको बाटो के ?

    काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक जीवन अहिले कठिन मोडमा पुगेको छ ।

    पाँचपटक प्रधानमन्त्री बनेका देउवा एक समय कांग्रेसभित्र प्रभावशाली शक्ति केन्द्रका रूपमा स्थापित भए पनि नयाँ पुस्ताको नेतृत्व उदाएसँगै उनको राजनीतिक प्रभाव कमजोर बन्दै गएको देखिन्छ ।

    विद्यार्थी राजनीतिबाट उदाएका देउवाले पञ्चायतविरुद्धको आन्दोलनमा लामो समय जेल जीवन बिताए ।

    २०४६ सालपछि कांग्रेस सरकारमा गृहमन्त्री हुँदै राष्ट्रिय राजनीतिमा स्थापित भएका उनले गिरिजाप्रसाद कोइरालासँगको शक्ति संघर्षपछि २०५९ सालमा कांग्रेस विभाजन गरी नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए ।

    पछि उक्त पार्टी मूल कांग्रेसमा विलय भयो ।

    देउवा पाँचपटक प्रधानमन्त्री बने ।

    बदलिँदो संसदीय अंकगणितदेखि माओवादीसँगको सत्ता सहकार्य र एमालेविरुद्धको गठबन्धनसम्म उनले फरक–फरक राजनीतिक समीकरण बनाउन सफल भए ।

    यही कारण उनी सत्ता समीकरण मिलाउन सक्ने नेताका रूपमा चिनिए ।

    तर, पछिल्लो समय उनको राजनीतिक अवस्था बदलिएको छ ।

    जेनजी आन्दोलनपछि कांग्रेसभित्रै उनको प्रभाव कमजोर बनेको छ ।

    गगन थापा नेतृत्वको कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइरहँदा देउवा पक्षले त्यसलाई अस्वीकार गर्दै समानान्तर संगठनात्मक प्रक्रिया अघि बढाएको छ ।

    देउवाका पुराना सहयोगीहरूको ठूलो हिस्सा नयाँ नेतृत्वतर्फ लागिसकेको छ ।

    यहीबीच देउवा गृहजिल्ला डडेल्धुराको गन्यापधुरा–१ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् ।

    देउवा अब कांग्रेसभित्रै शक्ति पुनर्गठन गर्ने, पार्टी विभाजनको बाटो रोज्ने वा सक्रिय राजनीतिबाट विश्राम लिने विकल्पको बीचमा रहेको देखिन्छ ।

    नयाँ पुस्तासँगको उनको संघर्षले कांग्रेसको आगामी दिशा र परम्परागत राजनीतिक शक्तिको भविष्यसमेत प्रभावित गर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images