काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षी नेताहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
कांग्रेसको संशोधित विधानअनुसार सहमहामन्त्रीका ११ पदमध्ये ८ जना विभिन्न क्लस्टरबाट निर्वाचित हुनेछन् भने ३ जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।
सहमहामन्त्रीमा प्रतिमा गौतम, मुक्ताकुमारी यादव, योगेन्द्र चौधरी, अभिषेकप्रताप शाह, मनोजमणि आचार्य, कर्णबहादुर बुढा, लक्ष्मी परियार, जीतनारायण श्रेष्ठ, नारायण भट्टराई र जीवनबहादुर शाहीलगायतले आकांक्षा देखाएका छन् ।
केही वर्तमान सहमहामन्त्रीले पनि आफ्नै पदमा दोहोरिने इच्छा व्यक्त गरेका छन् ।
यसैबीच कांग्रेसको नेतृत्वमा पनि आकांक्षीहरू देखिन थालेका छन् ।
सभापति गगन थापालाई निरन्तरता दिने पक्षमा नेताहरूको धारणा देखिए पनि पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् ।
उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालले पनि साविककै पदमा दोहोरिने तयारी गरेका छन् ।
महालक्ष्मी उपाध्याय ‘डिना’, डा. मीनेन्द्र रिजाल र ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत पदाधिकारीका आकांक्षीका रूपमा हेरिएको छ ।
कार्कीले उपसभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंको खुलामञ्चमा हुँदैछ ।
महाधिवेशनले २४० सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।


विश्व खबर 



















