images
images
  • विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा दोषी, ४१ करोडभन्दा बढी सम्पत्ति जफत

    काठमाडौं- सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा पनि दोषी ठहर भएका छन् ।

    विशेष अदालतले पौडेललाई ४१ करोड ४ लाख ७३ हजार २८२ रुपैयाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै उक्त सम्पत्ति जफत गर्ने फैसला गरेको हो ।

    शुक्रबारको फैसलामा अदालतले पौडेललाई साढे दुई वर्ष कैद र जफत हुने सम्पत्तिबराबर थप बिगो तिर्नुपर्ने निर्णय गरेको छ ।

    विदेशमा रहेको उनको सम्पत्तिसमेत जफत हुने भएको छ ।

    अख्तियारले पौडेलले ६२ करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

    अनुसन्धानका क्रममा सिंगापुरको बैंकमा उनको नाममा करिब २५ करोड २३ लाख रुपैयाँ भेटिएको थियो ।

    अमेरिकाको रबिनहुड सेक्युरिटिजमा रहेको भनिएको करिब ८ करोड ४७ लाख रुपैयाँको लगानीबारे भने पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले दाबी अस्वीकार गरेको छ ।

    पौडेलविरुद्ध विभिन्न आरोपमा आठवटा मुद्दा दायर भएका छन् ।

    तीमध्ये केही मुद्दामा उनी यसअघि नै दोषी ठहर भइसकेका छन् ।

    पौडेल पछिल्लो साढे दुई वर्षदेखि कारागारमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images