images
images
  • कांग्रेसमा ४४ हजार युवा नेतृत्वमा आउँदै

    काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रियासँगै वडादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेतृत्व तहमा आउने भएका छन् ।

    विधानमा युवाको न्यूनतम प्रतिनिधित्व सुनिश्चित गरिएपछि करिब ४४ हजार युवा विभिन्न तहका जिम्मेवारीमा पुग्ने कांग्रेसले जनाएको छ ।

    हालसम्म वडा कार्यसमितिमा कम्तीमा १० हजार २७१, क्षेत्रीय प्रतिनिधिमा ३३ हजार ७१५ र पालिका तहमा २ हजार २५९ युवा चयन भइसकेका छन् ।

    क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएका युवाले पालिका, प्रदेश तथा महाधिवेशन प्रतिनिधि बन्ने अवसर पाउनेछन् ।

    कांग्रेसका युवा नेताहरूले यसलाई पार्टीको पुस्तान्तरण र नीति निर्माणमा युवाको सहभागिता बढाउने सुरुवातका रूपमा व्याख्या गरेका छन् ।

    विधान मस्यौदा समितिका सदस्यसचिव प्रताप पौडेलले युवाको न्यूनतम प्रतिनिधित्व सुनिश्चित गरिएको र आगामी महाधिवेशनमा थप सुधार हुन सक्ने बताए ।

    उता, निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि वडादेखि केन्द्रसम्म १८ देखि २८ वर्ष उमेर समूहका एक महिला र एक पुरुष अनिवार्य समावेश गर्ने नीति अघि सारेको छ ।

    विश्लेषक प्रा. हेमराज सुवेदीले बदलिँदो राजनीतिक परिस्थितिमा युवाको सहभागिता अपरिहार्य बन्दै गएको बताए ।

    उनका अनुसार कांग्रेससहित सबै राजनीतिक दलले युवालाई कार्यकर्ता मात्र नभई नेतृत्व र नीति निर्माणको तहमा स्थापित गर्नुपर्ने आवश्यकता छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images