काठमाडौं– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले युरोपका कुनै पनि देशमाथि आक्रमण गर्ने योजना नरहेको बताएका छन् ।
वाल्दाई फोरममा बोल्दै पुटिनले रूसमाथि आक्रमण भए आफ्नो सुरक्षाका लागि उपलब्ध सबै हतियार प्रयोग गरेर प्रत्याक्रमण गर्ने चेतावनी दिए ।
उनले पश्चिमी देश र युरोपले रुससँग तनाव बढाइरहेको आरोप लगाउँदै आगामी वर्षहरूमा रुससँग युद्धको तयारी भइरहेको दाबी गरे ।
बाल्टिक सागरमा सैन्य अभ्यास तथा रुसी पानीजहाज जफत गर्ने गतिविधि भइरहेको उनको भनाइ थियो ।
नेटो सदस्य राष्ट्रले रूसको कालिनिनग्राद क्षेत्रलाई बाँकी रूसबाट अलग गर्ने प्रयास गरे परमाणु हतियारसमेत प्रयोग गर्न सकिने चेतावनी आएपछि पुटिनको पछिल्लो भनाइ आएको हो ।
पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्ध अन्त्यका लागि निरन्तर पहल गरिरहेको भन्दै धन्यवादसमेत दिए ।
मोदी रूसका असल मित्र भए पनि युद्ध छिट्टै अन्त्य हुनुपर्ने पक्षमा रहेको उनले बताए ।


विश्व खबर 




















