काठमाडौं– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कालिनिनग्रादमाथि प्रत्यक्ष खतरा उत्पन्न भए परमाणु हतियारसमेत प्रयोग गर्न सकिने चेतावनी दिएका छन् ।
बिहीबार मस्कोमा आयोजित भल्दाई राजनीतिक मञ्चमा बोल्दै पुटिनले युक्रेनसँग युद्ध अन्त्य गर्न वार्ता गर्न रूस तयार रहेको बताए ।
तर, युक्रेनले रूसी तेल प्रशोधन केन्द्रमाथिको आक्रमण रोक्ने र रूसले युक्रेनी जहाजमाथि हमला नगर्ने प्रस्तावलाई उनले अस्वीकार गरे ।
पुटिनले कालिनिनग्रादलाई रूसबाट अलग पार्ने वा त्यसमाथि प्रत्यक्ष आक्रमण गर्ने प्रयास भए रूसले आफ्नो सम्पूर्ण हतियार भण्डार प्रयोग गर्न सक्ने बताए ।
त्यसमा परमाणु हतियारसमेत पर्ने उनको भनाइ छ ।
नेटो महासचिव मार्क रूट्टेले भने परमाणु हतियार प्रयोगको धम्की अनुपयुक्त रहेको बताएका छन् ।
पुटिनले बढ्दो प्रतिशोधात्मक कदमले द्वन्द्वलाई नियन्त्रणबाहिर जाने घातक विन्दुतर्फ धकेल्न सक्ने चेतावनीसमेत दिएका छन् ।


विश्व खबर 




















