काठमाडौं – कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीका अनुसार चौधरीसहित तीन जना आज बिहान करिब ५ बजे सामुदायिक वनमा च्याउ टिप्न गएका थिए । च्याउ टिप्ने क्रममा चौधरीमाथि बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै वनमा गएका अन्य दुई जना भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।
घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















