images
images
  • प्रस्तावित निजामती सेवामा ४९ प्रतिशत आरक्षणको व्यवस्था, महिलाका लागि आधा कोटा (पूर्णपाठसहित)

    काठमाडौं– प्रस्तावित संघीय निजामती सेवा विधेयकले खुला प्रतियोगिताबाट पूर्ति हुने पदमध्ये ४९ प्रतिशत पद आरक्षणका लागि छुट्याउने व्यवस्था गरेको छ ।

    कुल आरक्षण कोटामध्ये ५० प्रतिशत महिलाका लागि र बाँकी ५० प्रतिशत अन्य लक्षित समूहका लागि छुट्याइएको छ ।

    महिलातर्फको कोटामा खस आर्य २७.७, आदिवासी जनजाति २५.७, मधेसी १५.३, दलित १२.७, थारु ६.६, मुस्लिम ४, पिछडिएको क्षेत्र ४ र अपांगता भएका महिलाका लागि ४ प्रतिशत आरक्षण प्रस्ताव गरिएको छ ।

    महिलाबाहेकको बाँकी कोटामा आदिवासी जनजाति ३२.५, मधेसी १९, दलित १५.५, विपन्न खस आर्य १०, थारु ९, मुस्लिम ५, पिछडिएको क्षेत्र ५ र अपांगता भएका व्यक्तिका लागि ४ प्रतिशत छुट्याइएको छ ।

    विधेयकअनुसार समावेशी कोटाको सुविधा राजपत्र अनंकित र राजपत्रांकित पदमा एक–एक पटक मात्र लिन पाइनेछ ।

    लक्षित समूहबाट उम्मेदवार नपुगेमा अर्को वर्ष सोही समूहमा विज्ञापन गर्ने र त्यसबाट पनि पदपूर्ति नभए वैकल्पिक सूची हुँदै खुला प्रतियोगिताबाट पदपूर्ति गर्ने व्यवस्था छ ।

    सरकारले निश्चित प्रकृतिका पदमा महिलाले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्न सक्नेछ ।

    अपांगता भएका व्यक्तिका लागि अनुकूल कार्यस्थल तथा परीक्षामा विशेष व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि विधेयकमा छ ।

    आरक्षणसम्बन्धी व्यवस्था हरेक पाँच वर्षमा पुनरावलोकन गर्ने प्रस्ताव गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images