images
images
  • सिडिओसहित २३ सहसचिव र उपसचिव सरुवा

    काठमाडौं- गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ), सहसचिव र उपसचिव गरी २३ कर्मचारीको सरुवा गरेको छ ।

    मन्त्रालयको १८ भदौको निर्णयअनुसार श्रवणकुमार पोखरेललाई झापा र महेन्द्रकुमार सापकोटालाई सुर्खेतको प्रजिअको जिम्मेवारी दिइएको छ ।

    खडानन्द अधिकारीलाई बारा, धर्मेन्द्रकुमार मिश्रलाई गोरखा, रेखा कँडेललाई दोलखा र हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालय सरुवा गरिएको छ ।

    त्यस्तै, विभिन्न जिल्लाका प्रजिअ तथा उपसचिवहरूको समेत जिम्मेवारी हेरफेर गरिएको गृह मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images