काठमाडौं– बाढीको विपद्का बेला सरकारले रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारलाई मन्त्रालय फिर्ता बोलाएको छ ।
रसुवामा हाजिर भएको दुई महिना नपुग्दै सीडीओ सरुवा भएपछि सरकारको निर्णयमाथि प्रश्न उठेको छ ।
गृह मन्त्रालयका अनुसार जेनजी अगुवा आदर्श ढकालसहितका युवासँग राहत, उद्धार र बेपत्ता खोजीका विषयमा सीडीओ परियारको भनाभन भएपछि उनलाई फिर्ता बोलाइएको हो ।
समन्वयकारी भूमिका प्रभावकारी नभएको गुनासोसमेत आएपछि मन्त्रीस्तरीय निर्णयबाट उनको काजसरुवा गरिएको मन्त्रालय स्रोतको दाबी छ ।
गृहमन्त्री सुदन गुरुङले सोमबार परियारलाई मन्त्रालय तान्ने निर्णय गरेका हुन् ।
उनको स्थानमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई रसुवाको सीडीओका रूपमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्





















