images
images
  • बेलायती वायुसेनाको अखडामा इरानले भयानक विस्फोट गराएको आरोप

    काठमाडौं– बेलायती प्रधानमन्त्री एन्डी बर्नामले रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड वायुसेना अखडानजिक भएको शंकास्पद घटनामा इरानको संलग्नताको रहेको पाइएको छ ।

    घटनाबारे आतंकवादविरोधी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    आइतबार फेयरफोर्डनजिकैबाट २० देखि २५ वर्ष उमेर समूहका पाँच बेलायती नागरिक पक्राउ परेका थिए ।

    उनीहरूलाई विस्फोटक पदार्थसम्बन्धी अपराध तथा आतंकवादी कार्यको तयारी गरेको आशंकामा पक्राउ गरिएको थियो ।

    उनीहरूलाई कडा धरौटी सर्तमा रिहा गरिएको छ ।

    पक्राउ परेकामध्ये एक जनाले घटनाभन्दा करिब एक घण्टाअघि प्रहरीको आपत्कालीन नम्बरमा फोन गरेको विवरण पनि सार्वजनिक भएको छ ।

    प्रहरीले घटनास्थलनजिक रोकिएका तीनवटा भ्यानबाट विस्फोटक उपकरण नभेटिए पनि पेट्रोललगायत सामग्री बरामद गरेको जनाएको छ ।

    बेलायतले इरानको सम्भावित संलग्नताबारे अमेरिकी अधिकारीसँग समेत समन्वय गरिरहेको जनाएको छ ।

    तर, अनुसन्धान जारी रहेकाले थप विवरण सार्वजनिक गरिएको छैन ।

    इरानले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै बेलायतको आरोपलाई इरानविरोधी प्रचार भनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images