images
images
  • ‘जे गर्छु नेपालमै गर्छु’, तौलिहवामा चिया बेचेर परिवार पाल्दै देवकोटा दम्पती

    काठमाडौं – बिहानै तौलिहवा बजारमा चियाको भाँडो बोकेर निस्कने बलराम देवकोटा र उनकी श्रीमतीको दैनिकी चिया बिक्रीबाटै सुरु हुन्छ । बिहानदेखि साँझसम्म चिया बेच्ने देवकोटा दम्पतीले यही व्यवसायबाट परिवारको गुजारा चलाउँदै आइरहेको छ ।

    दैलेखको दुल्लु नगरपालिका–८ बडालम्जीका स्थायी बासिन्दा देवकोटा रोजगारीको खोजीमा विसं २०७७ मा कपिलवस्तु आएको थियो । त्यसयता उनले कपिलवस्तुको सदरमुकाम तौलिहवा बजार क्षेत्रमा चिया बिक्री गर्दै आउ(एको छ ।

    देवकोटाले प्रतिकप १० रुपैयाँमा चिया बिक्री गर्छ । गर्मी होस् वा जाडो, उनले दैनिक करिब ४५० कपभन्दा बढी चिया बिक्री गर्ने बताए । यसबाट दैनिक करिब ४ हजार ५ सय रुपैयाँ बराबरको कारोबार हुने गरेको उनको भनाइ छ ।

    उनको दैनिकी बिहान ६ बजेदेखि ९ बजेसम्म तौलिहवा बजारमा चिया बिक्रीबाट सुरु हुन्छ । त्यसपछि दिउँसो २ बजेदेखि राति ८ बजेसम्म पुनः चिया बिक्रीमा व्यस्त हुन्छ ।

    चिया बिक्रीमा श्रीमतीले समेत साथ दिँदै आएको छ । दम्पती मिलेर सञ्चालन गरेको यही व्यवसायबाट एक छोरा र एक छोरीसहितको परिवारको दैनिक खर्च धान्दै आएको देवकोटाले बताए ।

    विदेशमा गएर रोजगारी गर्नुभन्दा स्वदेशमै सानो व्यवसाय गरेर आम्दानी गर्न आफू सन्तुष्ट रहेको उ बताउछन्।

    “जे गर्छु नेपालमै गर्छु । मेहनत गर्नेलाई नेपाल नै विदेश हो,” देवकोटाले भने ।

    सामान्य लगानीबाट सुरु गरेको चिया व्यवसायलाई निरन्तर मेहनतसँग जोडेर देवकोटाले आफ्नो परिवारको भविष्य निर्माण गर्ने योजना बनाएको छ । तौलिहवा बजारमा नियमित रूपमा चिया बिक्री गर्दै आएका उ स्वदेशमै बसेर श्रम र व्यवसायबाट आम्दानी गर्न सकिने उदाहरणका रूपमा देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images