images
images
  • प्रधानमन्त्री बालेनले सांसदहरूको जवाफ नदिइ संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही असोज १६ गते राति १२ः०० बजेदेखि सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।

    राष्ट्रपति पौडेलेले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही असोज १३ गतेको सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने पालो नपाई दुवै सदनको चालु अधिवेशन अन्त्य गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images