काठमाडौं । सरकारले सवै तहका कर्मचारीका लागि नयाँ तलबमान तय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका कर्मचारीको नयाँ तलबमान तय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
उनका अनुसार नीजि तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको हो ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा तत्कालिन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा सबै तहका कर्मचारीको तलब चालु आर्थिक वर्ष २०७८/०७९ को साउन महिनाको एक गतेबाट लागू हुनेगरी दुई हजारले वृद्धि गर्ने घोषणा गरेका थिए ।
कति पुग्यो तलब ?
| दर्जा | हालको तलब | बढेपछिको तलब |
| मुख्य सचिव | ६५१४० | ६७१४० |
| सचिव | ६०१४० | ६२१४० |
| सह सचिव | ४७३८० | ४९३८० |
| उप सचिव | ४०३८० | ४२३८० |
| अधिकृत | ३५९९० | ३७९९० |
| सुब्बा | २८२०० | ३०२०० |
| खरिदार | २६६१० | २८६१० |
| कार्यालय सहयोगी | २२०१० | २४०१० |
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















