images
images
  • इरानी एयरलाइन्सका सबै उडान रोक्ने अमेरिकाको चेतावनी

    काठमाडौं– अमेरिकाले इरानी एयरलाइन्ससँग सहकार्य गर्ने विदेशी कम्पनीमाथि ‘सेकेन्डरी स्यांक्सन’ लगाउने चेतावनी दिएको छ ।

    अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार सेप्टेम्बर २३ देखि इरानी एयरलाइन्सका अन्तर्राष्ट्रिय उडान प्रभावित हुन सक्छन् ।

    इरानी विमानलाई अवतरण, इन्धन, मर्मत वा टिकटिङ सेवा दिने कम्पनीसमेत अमेरिकी कारबाहीको दायरामा पर्न सक्ने उनले बताएका छन् ।

    बेसेन्टले इरानी विमानलाई सेवा दिए अमेरिकी डलर प्रणालीबाट बाहिरिनुपर्ने जोखिम रहेको चेतावनी दिएका छन् ।

    यो कदम इरानमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बढाउँदै आएको आर्थिक दबाबकै हिस्सा हो ।

    अमेरिकाले यसअघि पनि इरानी उड्डयन क्षेत्रलाई सहयोग गरेको आरोपमा विदेशी कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो ।

    अमेरिकी प्रतिबन्धका कारण इरानी उड्डयन उद्योगले नयाँ विमान, पार्टपुर्जा र मर्मतसम्भार सेवा पाउन लामो समयदेखि कठिनाइ झेल्दै आएको छ ।

    पछिल्लो चेतावनीले इरानी एयरलाइन्सको अन्तर्राष्ट्रिय सञ्चालन थप प्रभावित हुने जोखिम बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images