images
images
  • पर्सामा गोली चल्यो, ३ जना पक्राउ

    काठमाडौं– पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले आइतबार राति १० बजे दुई राउण्ड गोली चलाएर पर्साकै पटेर्वासुगौली गाउँपालिका–१ का ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीय भुटी भन्ने भुरीचौधरीलाई नियन्त्रणमा लिएको हो ।

    विशेष सूचनाको आधारमा पटेर्वासुगौलीस्थित इलाका प्रहरी कार्यालयको टोली वडानम्बर १ को मलाही टोल पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images